काउन्सिलमा दर्ता भएका चिकित्सकले एक महिना भित्र विवरण अध्यावधिक गर्नु पर्ने

काठमाडौँ, ९ असार । नेपाल मेडिकल काउन्सिलले आफूकहाँ दर्ता भएका सबै चिकित्सकको विवरण अध्यावधिक गर्न लागेको छ । काउन्सिलले शुरु दर्ता देखि २४ हजार २२९ सम्मका चिकित्सकको दर्ता विवरण अध्यावधिक गर्न लागेको हो । कुल २८ हजार ४७७ जना चिकित्सक दर्ता भएपनि २४ हजार २३० देखि पछाडी दर्ता भएका चिकित्सकको विवरण अध्यावधिक भइसकेको काउन्सिलले जनाएको छ ।

‘चिकित्सकको बास्तविक संख्या कति छ ? कहाँ कार्यरत छन् । स्वदेश छन् कि विदेश छन् ? आदिको विवरण हेर्नका लागि दर्ता अभिलेख अध्यावधिक गर्न लागेको हो,’ काउन्सिललका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने ।

उनले काउन्सिल ऐन २०२० को दफा १३ मा भएको व्यवस्था बमोजिम दर्ता किताव दुरुस्त राख्ने प्रक्रिया अघि बढाएको बताए ।

डा अधिकारीले अगाडी थपे, ‘समय समयमा नाम दर्ता भएका चिकित्सकहरुको नाम ठेगाना योग्यता खोली दर्ता कितावमा दर्ता गर्ने, दिवंगत वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरुको नाम हटाउने र कुनै दर्तावाला चिकित्सकले आफ्नो व्यावसाय छाडेमा वा आफ्नो ठेगाना बदलेमा त्यसको अध्यावधिक राख्नुपर्ने व्यवस्था भएकाले यो कार्य अघि बढाइएको हो ।’

उनले आगामी एक महिना भित्रमा चिकित्सकलाई तोकिएको ढाँचामा विवरण खुलाई जानकरी दिन समेत अनुरोध गरिएको बताए ।

काउन्सिलले जारी गरेको सूचनामा तोकिएको समयमा अध्यावधिक नगरेमा काउन्सिलबाट प्रदान गरिने सेवा सुविधामा ढिलाई हुने जनाएको छ ।

काउन्सिलको सूचना हेर्न र विवरण अध्यावधिक गर्न यहाँ क्लिक गर्नुहोस्

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *