पछिल्लो २४ घण्टमा थप ४५२२ जनामा कोरोना संक्रमण, ४९५४ जना डिस्चार्ज


काठमाडौँ, ८ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप ४ हजार ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ४ हजार ९ सय ५४ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १२ हजार २०४ जनाको पीसीआर र ४ हजार ७०९ जनाको एन्टीजेन विधिबाट गरी कुल १६ हजार ९१३ जनाको कोभिड९१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ४ हजार ५२२ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३१० , भक्तपुरमा ६७ र ललितपुरमा ९९ जना गरी काठमाडौँ उपत्यकामा ४७६ जना थपिएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ७६१ र भेन्टीलेटरमा २१८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ४१ जना संक्रमितले ज्यान गुमाएका छन् । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ८१३ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *