२६ असार देखि एकीकृत प्रवेश परीक्षा शुरु गर्ने चिकित्सा शिक्षा आयोगको प्रस्ताव

27.4k
Shares

काठमाडौँ, ४ असार । गत सोमबार चिकित्सा शिक्षा शास्त्र तर्फ स्नातक तहका विभिन्न विषयको अध्ययनका लागि कलेजहरुलाई सिट निर्धारण गरेको चिकित्सा शिक्षा आयोगले आगामी २६ असार देखि एकीकृत प्रवेश परीक्षाका गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले सो मितिमा परीक्षा सञ्चालन गर्नका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)संग अनुमति मागेको छ ।

आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले कोभिड १९ को दोस्रो लहर बढदै जाँदा स्नातक तहको भर्ना प्रक्रियामा केही ढिलाई भईसकेको भन्दै संक्रमण घट्दै जाँदा भर्ना प्रक्रियालाई तिब्रता दिन लागिएको बताए । ‘हामीले २६ असार देखि ५ दिनसम्म विभिन्न विषयको प्रवेश परीक्षा लिने योजना बनाएका छौँ । त्यसका लागि सीसीएमसीसंग अनुमति मागेका छौँ । सीसीएमसीले के भन्छ त्यसपछि त्यसपछि मात्रै अन्तिम टुंगो लाग्नेछ,’ उनले भने ।

पछिल्लो समय आयोगले एकीकृत प्रवेश परीक्षा लिने र छनौट भएका विद्यार्थीहरुलाई प्राप्तांकको आधारमा विभिन्न कलेज रोज्न लगाई भर्नाका लागि सिफारिस गर्ने गरेको छ । यसपटक स्नातक तहका विभिन्न विषयमा ३२ हजार ८०० जनाले प्रवेश परीक्षाका लागि फारम भरेको समेत जानकारी दिए । त्यसमा सबैभन्दा बढी अर्थात करीव ११ हजार ३०० जनाले एमबीबीएसमा फारम भरेका छन् ।

प्रवक्ता लुईटेलले आफूहरुले परीक्षा हुनुभन्दा १५ दिन अघि नै सूचना जारी गर्नु पर्ने भएकोले सीसीएमसीले असारको ८ – ९ गते तिर नै जानकारी दिने बताए ।

आयोगले संक्रमणदर घटेको अवस्थामा काठमाडौँं उपत्यकामा सेन्टर तोक्ने र स्वास्थ्यका मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्ने प्रस्ताव राखेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *