मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्र तर्फका तीन विषय पढाउन अनुमति

काठमाडौँ १ असार । स्थापनाको पहिलो बर्षमै हैटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साशास्त्र तर्फ स्नातक तहमा तीन वटा विषय अध्यापन गराउन अनुमति पाएको छ ।

बागमती प्रदेश सरकारले गतवर्ष स्थापना गरी सञ्चालनमा ल्याएको प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रबाटै अध्यापन गर्न सकिने गरी तीनवटा विषयका लागि सिट निर्धारण गरिदिएको हो ।

आयोगले स्नातक तर्फ पब्लिक हेल्थ बीपीएच, स्नातक फार्मेसी बी फर्मा, ल्याव टेक्नोलोजी (बीएस्सी एमएलटी) विषय अध्यापन गराउन सिट निर्धारण गरेको हो ।
प्रतिष्ठानका रेक्टर डा सतिशकुमार देवका अनुसार आफूहरुलाई यस वर्षका लागि बीपीएचमा २० सिट, बीफर्मामा र बीएसी एमएलटीका लागि ३०-३० सिटको अनुमति दिएको बताए ।

उनले अब चिकित्सा शिक्षा आयोगले संचालन गर्ने चिकित्सा शास्त्रको विभिन्न विषयको इन्ट्रान्स परीक्षाको आधारमा मेरी लिष्ट तयार हुने र मेरिट लिष्टमा प्राथमिकतामा परेको विद्यार्थीहरुको रोजाई अनुसार भर्ना प्रकृया अगाडी बढाउने डा देवले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *