अस्थायी कोभिड अस्पताललाई ४५ लाखको स्वास्थ्य सामग्री


लहान, ३० जेठ । सिरहाको गोलबजार नगरपालिकाले कोभिड-१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब ४५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताललाई अमेरिकाको मिचिगनस्थित हेल्पिङ ह्याण्ड नेपाल च्याप्टरले स्वास्थ्य सेवा तथा उद्धार संघ ९हेस्रा नेपाल०मार्फत करिब ४५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

सो संस्थाले विद्युतीय शय्या, आईसीयू शय्या, इसीजी मेसिनलगायत अस्पतालका लागि आवश्यक विभिन्न १२९ प्रकारका स्वास्थ्य उपकरण गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहमार्फत् अस्पताललाई हस्तान्तरण गरेको हेल्पिङ ह्याण्डका नेपाल च्याप्टर प्रमुख जीवा पोखरेलले बताए। अस्पतालले पाएको उपकरण सहयोगबाट अबका दिनमा स्तरीय उपचार सेवा दिने नगरप्रमुख साहले बताए।

कोभिड-१९ को महामारी मत्थर भएपछि भविष्यमा अस्थायी कोभिड अस्पताललाई क्षेत्रीयस्तरको ट्रमा सेन्टरसहित करिब एक अर्ब रुरुपैयाँ लगानीमा सुविधासम्पन्न अस्पताल बनाउने योजना रहेको नगरप्रमुख साहको भनाइ छ।

यसअघि पनि हेल्पिङ ह्याण्डले हेस्रा नेपालमार्फत् गत जेठ २४ मा गोलबजार कोभिड अस्थायी अस्पताललाई करिब तीन लाख रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर, थर्मलगन, पीपीई, स्यानिटाइजर, सर्जिकल ग्लोब्स, सर्जिकल फेस मास्क र ३०० थान कपडाको मास्क उपलब्ध गराएको थियो।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *