धूमपान तथा सुर्तिजन्य पदार्थ प्रयोगकर्ताहरुलाई कोरोनाको असर नगर्नेलाई भन्दा बढी : अध्ययन्

- नेपाली हेल्थ

नयाँदिल्ली ।  धूमपान तथा सुर्तिजन्य पदार्थ प्रयोगकर्ताहरुमा कोभिडको खतरा नगर्नेहरुमा भन्दा बढी  हुने एक अध्ययनले पुष्टी गरेको छ । अध्ययन्ले धूमपान प्रयोगकर्ताहरुमा निको हुने प्रक्रिया समेत निकै ढिलो हुने र संक्रमणले फोक्सोमा हुने क्षति समेत बढी हुने देखाएको छ ।

भारतको राजस्थानमा रहेको कोटा मेडिकल कलेज शिक्षण अस्पतालको श्वास प्रस्वास रोग विभागले गरेको अध्ययन्ले यस्तो देखाएको हो । उक्त सरकारी मेडिकल कलेज शिक्षण अस्पतालमा गत मे महिनामा भर्ना भएका ९ सय जना बिरामीमा अध्ययन गरेको थियो ।

अध्ययनले धूमपान तथा सुर्तिजन्य पदार्थ प्रयोग गर्ने बिरामीमा सीटी स्कोर १२ भन्दा कम नभएको तर धूमपान नगर्ने व्यक्तिको सीटीस्कोर ७ प्रतिशतसम्म रहेको देखाएको थियो । यस्तै यो अध्ययनबाट अक्सिजनको आवश्यकता पनि धूमपान गर्ने बिरामीलाई नगर्नेको तुलनामा बढी थियो ।

श्वास प्रश्वास रोग विभागका बरिष्ठ प्राध्यापक डा अनिल सक्सेनाले भने, ‘यो अध्ययन्को सारांश तयार हुँदैछ । छिटै नै प्रकाशन गर्ने योजनामा छौँ ।’

उनले भारतमा धूमपान र कोभिडलाई जोडेर गरिएको पहिलो अध्ययन भएको बताए ।

उनले भने, ‘धूमपान गर्नेलाई कोरोनाको असर बढी पर्छ भनेर सामान्य रुपमा भनिन्थ्यो तर बैज्ञानिक रुपमा यसको अध्ययन भएको थिएन ।’

मे महिनामा उक्त अस्पतालमा भर्ना भएका बिरामीहरुमा यो अध्ययन गरिएको थियो ।

९०० जना बिरामीमा ५०७ जना  धूमपान तथा सूर्तिजन्य पदार्थ प्रयोगकर्ता
अध्ययनका लागि जव तथ्यांक संकलनको कार्य शुरु भयो अस्पतालका चिकित्सकहरु आश्चर्य चकित भए । संक्रमणमा परि उपचार गराइरहेका ९०० मध्ये ५०७ जना धूमपान प्रयोगकर्ता थिए । अर्थात अध्ययनमा सहभागी ५६.३३ प्रतिशत व्यक्ति धूमपानको कुलतमा थिए । चिकित्सकहरुले धूमपानको बिरुद्धमा यति धेरै जागरण फैलाए पनि प्रयोगकर्ता यति धेरै भएको भन्दै आश्चर्य सहित चिन्ता व्यक्ति गरेका थिए ।

अध्ययन निस्कर्ष

  • धूमपान तथा सुर्तिजन्य पदार्थको प्रयोगकर्ताहरुमा सिटीस्कोर १२ देखि २० को बीचमा थियो । धूमपान नगर्नेहरुमा यो स्कोर निकै कम थियो ।
  • आरटी पीसीआर टेष्टको सीटी भ्यालु धूमपान प्रयोगकर्तामा १६ देखि २० थियो । जवकी यो बढी हुनु पर्दथ्यो ।
  • संक्रमणमा परेका धूमपान प्रयोगकर्ताहरुमामा अक्सिजन आवश्यकता दर २० लिटर वा त्यो भन्दा बढी थियो । धूमपान तथा सुर्तिसेवन नगर्नेहरुमा ५ १० लिटर अक्सिजनले काम चलेको थियो ।
  • धूमपान प्रयोगकर्ताहरुमा निको हुन लामो समय लाग्यो तर अन्य बिरामीमा कम समयमै निको भयो ।

अध्ययन यसरी गरिएको थियो
– ९०० बिरामी अध्ययनमा सहभागी थिए । यसमा ५२७ जना कोभिड पोजेटिभ र ३७३ जना कोभिड नेगेटिभ थिए ।

– ५०७ जना सुर्तिजन्य पदार्थ प्रयोगकर्ता थिए । त्यसमा २०५ जना चुरोट सेवनकर्ता थिए । ३०२ जना सुर्ती तथा खैनी प्रयोगकर्ता थिए ।

– २०५ जना धूमपान प्रयोगकर्तामध्ये १२१ जना पोजेटिभ थिए । ८४ जना नेगेटिभ थिए ।

–  ३०३ जना सुर्ति प्रयोगकर्तामध्ये १७३ जना पोजेटिभ र १२९ जना नेगेटिभ थिए ।


Facebook Comment


थप समाचार