भेरोसेलको पहिलो डोज लगाउन काठमाडौँ महानगरले तोक्यो उमेर अनुसारको मिति, तपाईँको पालो कहिले ?


काठमाडौँ, २४ जेठ । सरकारले मंगलबार (भोलि)बाट देशव्यापी रुपमा कोभिड–१९बिरुद्धको चिनियाँ खोप भेरोसेल खोपको पहिलो मात्रा दिदैछ । यसपटक ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिले सो खोप पाउँदैछन् । तर, कोभिड–१९ को सङ्क्रमण भएका ६० देखि ६४ उमेर समूहका व्यक्तिहरुले एक महिना पूरा भएपछि मात्र खोप लगाउन आग्रह गरिएको छ ।

यसैबीच काठमाडौं महागरपालिकाको ३२ वटै वडामा जेठ २५ देखि २९ गतेसम्म खोप लगाइँदै छ । खोप मङ्गलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।

काठमाडौँ महानगरपालिकाले भोलिबाट शुरु हुँने खोपका लागि उमेर समूहको प्राथमिकता निर्धारण गरेको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँबरका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ भने २६ गते ६३ वर्ष उमेर समूहकालाई खोप लगाइने छ ।

त्यस्तै २७ गते ६२ वर्ष उमेर समूह, २८ गते ६१ वर्ष उमेर समूहका र २९ गते ६० वर्ष उमेर समूहकालाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ । कुँवरले तोकिएको दिनमा तोकिएकाृ उमेरका व्यक्तिमात्र खोप केन्द्रमा गएर खोप लिन आग्रह गरेका छन् ।

खोप लगाउन आउँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजात सँगै लैजानुपर्ने छ । त्यस्तै सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोप लगाउन जानुपर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *