स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी

काठमाडौँ, २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तीमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सो अध्यादेश जारी गरेको उल्लेख छ । गत २० जेठमा बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामा आक्रमण हुने क्रम नरोकिएपछि सरकारमाथि अध्यादेशबाट कडा कानून ल्याउन स्वास्थ्यकर्मीहरुले माग गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *