स्वास्थ्यमन्त्री तामाङले शुक्रबार राती नै गरे पदवहाली

काठमाडौँ, २२ जेठ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले शुक्रबार राती नै पदवहाली गरेका छन् । बेलुका ८ बजे सपथ ग्रहण गरेका मन्त्री तामाङ राती ९ बजे मन्त्रालय पुगेर पदवहाली गरेका हुन् ।

उनलाई स्वास्थ्य सचिव लक्ष्मण अर्यालले स्वागत गरेका थिए । पदवहाली कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री तामाङले चुनौतीपूर्ण घडीमा आफू स्वास्थ्यको जिम्मेवारीमा आईपुगेको भन्दै सबैको साथ सहयोगले महामारी नियन्त्रण गर्नुपर्ने बताए । उनले यतिवेलाको मुख्य उद्धेश्य महामारी नियन्त्रणमा लिनु, खोपको उपलव्धता गराउनु लगायतका विषयहरु रहेको बताएका थिए । उनले कोभिड–१९ नियन्त्रणका लागी आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा खोप द्रूत गतिमा जुटाउने र आम नेपाली जनतालाई कोरोनाबाट बच्ने सुनिश्चितताको लागि निर्णायक पहल गर्ने निर्णय भएको जानकारी दिए ।

रातीको कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ, महानिर्देशक र महाशाखाप्रमुखहरुलाई उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *