वीरको नयाँ सर्जिकल भवन कोभिड उपचारका लागि सञ्चालन

काठमाडौँ, १८ जेठ । कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)को नयाँ सर्जिकल भवनमा उपचार सेवा प्रारम्भ भएको छ । आजबाट त्यहाँ कोभिड -१९ को संक्रमणमा परेका बिरामीको उपचार शुरु गरिएको हो ।

युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा प्रारम्भ भएको जानकारी दिए । उनले भने, ‘आजबाट हामी उपचार सुरु गरेका छौँ । अक्सिजन सुविधा सहितको ५० बेड आज सञ्चालनमा ल्याएका छौँ । भोलि १०० बेड सञ्चालनमा आउँछ । त्यसपछि बिरामीको चाप अनुसार विस्तारै बढाउँदै लैजान्छौँ ।’

सर्जिकल भवनमा ५०० बेड क्षमता छ ।

प्राडा गौतमले सर्जिकल भवनमा पूर्ण रुपमा कोभिडको बिरामीको उपचार गर्ने र राष्ट्रिय ट्रमा सेन्टर र वीरको पुरानो भवनलाई नन् कोभिडको उपचार गर्ने व्यवस्था मिलाउन लागिएको पनि बताए ।

अहिले ट्रमा र वीरको पुरानो भवनमा गरी करीव ३०० कोभिडका विरामी उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *