देशभर ४३६९ जनामा कोरोना संक्रमण, ६२०५ जना कोरोना मुक्त

काठमाडौँ, १६ जेठ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६९ जनालाई कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ । यसैको संक्रमणबाट सोही अवधीमा १०९ जनाको ज्यान गएको छ । ६ हजार २०५ जना भने कोरोनामुक्त  भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा सह प्रवक्ता डा. समिर कुमार अधिकारीले १० हजार ९८६ जनाको पीसीआर र ६६७ जनाको एन्टीजेन परीक्षण हुँदा पीसीआरमा ३ हजार ७०२ र एन्टीजेनमा ६६७ जनालाई पोजेटिभ देखिएको बताए ।

यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो चौविस घण्टामा १०९३ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए । उपत्यकाको तीन जिल्ला मध्ये काठमाडौंमा ८०४, भक्तपुरमा ११३ र ललितपुरमा १६८ गरी १०९३ जनामा कोरोना पुष्टि भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *