आर्थिक बर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरिदै, स्वास्थ्यको के के पर्‍यो ? (अपडेट सहित)

काठमाडौँ, १५ जेठ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८ / ७९ को बार्षिक आय व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबाट सार्वजनिक भएको बजेटमा स्वास्थ्यका विषय के के परे हामी अपडेट गर्दैछौं ।

 

  • कोभिड १९ को उपचारमा प्रयोग हुने औषधिको आयातमा लाग्ने भन्सार महसुल छुट दिएको छु ।
  • सबै सरकारी अस्पतालमा कोभिडको परीक्षण र उपचार निशुल्क गरेको छु ।
  • एक सय शैय्या भन्दा माथिका सबै अस्पतालमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट जडान गर्नुपर्ने छ ।
  • सरकारी अस्पतालमा आइसीयू, एचडीयूका लागि ४ अर्व विनियोजन ।
  • अक्सिजन प्लान्ट जडानका लागि आवश्यक पर्ने उपकरण खरीद गर्दा लाग्ने भन्सार तथा मूल्य अभिबृद्धि कर पुरै छुट ।
  • सामुदायिक तथा निजी अस्पतालले प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुजिगत अनुदान दिईनेछ ।
  • कोभिड अवधीभरी अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत महसुलमा ५० प्रतिशत छुट ।
  • सरकारी अस्पतालमा आइसीयू, एचडीयूका लागि ४ अर्व विनियोजन ।
  • कोभिड १९ को खोप निशुल्क उपलव्ध गराउन प्रतिवद्ध छ
  • कोभिडविरुद्धको खोपका लागि २६ अर्व ७५ करोड रुपैयाँ
  • कोभिड रोग नियन्त्रणका लागि ३७ अर्व ५३ करोड विनियोजन ।
  • औषधि खरीदका लागि ५ अर्व ६० करोड
  • महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता सत प्रतिशत बृद्धि रु १२ हजार पुग्यो ।
  • स्वास्थ्य विमा कार्यक्रमका लागि ७ अर्व ५० करोड विनियोजन
  • बृद्ध भत्तामा ३३ प्रतिशत बृद्धि ४ हजार पुग्यो ।
  • उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निबृत्त तथा इन्टर्नसीपमा रहेका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई तलव र ५० प्रतिशत भत्ता सहित एक बर्षे करार सेवामा लिन सकिने गरी व्यवस्था मिलाएको छु ।
  • कोरोना नियन्त्रणका लागि सीमा नाका र अन्तराष्टिय विमानस्थलमा हेल्थ डेस्क र होल्डिग सेन्टर स्थापना गरिनेछ ।
  • आगामी वर्ष ६ लाख २० हजार बालबालिकालाई खोप उपलब्ध गरिने ।
  • ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मुटुरोग, पार्किन्सन्स, स्पाइनल कर्ड इन्जुरीका बिरामीको निःशुल्क उपचारका लागि रु. २ अर्ब ५० करोड ।
  • रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न रु. १ अर्ब २८ करोड
  • काठमाडौं उपत्यकामा ३ सय शैय्याको सरुवारोग अस्पतालसहित सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल बन्ने । यसका लागि रु १ अर्ब ३० करोड बजेट विनियोजन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *