कोरोना बिरामीहरुका लागि प्रयोग हुने  ‘टोसिलिजुमाव इन्जेक्सन’ नेपाल आइपुग्यो

1.6k
Shares

काठमाडौँ, १४ जेठ । कोरोना बिरामीहरुका लागि प्रयोग हुने ‘टोसिलिजुमाव इन्जेक्सन’ नेपाल भित्रिएको छ । यतिकेम डिस्ट्रिव्युटर प्रालिले ५०० भाइल टोसिलिजुमाव इन्जेक्सन शुक्रबार काठमाडौँ ल्याई पुरयाएको हो ।

बिरामीका लागि एक वा दुई भाइल प्रयोग हुँदै आएको यो इन्जेक्सनको प्रति भाइल मूल्य ५९ हजार ८५० रुपैयाँ तोकिएको छ । यतिकेमका प्रमुख प्रभुराज बैद्यले इन्जेक्सन लिनका लागि बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरेर आएमा प्राप्त हुने बताए ।

औषधि व्यवस्था विभागले औषधिको मूल्य सहित कसरी कहाँबाट पाउने आदिको बारेमा विस्तृत जानकारी दिएको छ ।

भारतमा समेत अभाव भएको यो औषधि यसअघि नेपालमा भित्रिएको थिएन । कतिपय चिकित्सकहरुले यो औषधिका लागि रिकमेन्ड गर्ने गरेका थिए ।

यस्तो छ विभागको सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *