आक्रमणकारीमाथि मुद्धा चलेपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए

नेपालगञ्ज, १४ जेठ । भेरी अस्पतालका आन्दोलनरत चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरु काममा फर्किएका छन् । आक्रमणकारी भनिएका लोकबहादुर रावत, मानवहादुर रावत र भरत रावतलाई प्रहरीले नियन्त्रणमा लिई मुद्धा चलाउने प्रक्रिया अघि बढाएपछि आन्दोलनरत स्वास्थ्यकर्मीहरु काममा फर्किएका हुन् ।

अस्पतालका मेसु डा प्रकाश थापाले स्थानीय प्रशासनले अस्पतालमा सुरक्षाको प्रत्याभुति दिलाएको र आक्रमणमा सम्लग्न भनिएका व्यक्तिविरुद्ध किटानी जाहेरी दिई मुद्धाको प्रक्रिया समेत अघि बढेपछि विषम परिस्थितिलाई ध्यान दिदै सबै स्वास्थ्यकर्मीहरु नियमित काममा फर्किएको बताए ।

स्थानीय प्रशासनले भेरी अस्पताल भित्रमा इन्सपेक्टरको कमाण्डमा २५ जना प्रहरी खटाएको छ । यस्तै बाहिर सशस्त्र प्रहरीले पहरा दिएको छ ।

अस्पतालमा अहिले पनि अक्सिजन लिएका १७५ जना कोभिड संक्रमित बिरामी उपचाररत छन् ।

एक जना आफन्तको मृत्युपछि रावत दाजुभाइले हिजो राती साढे ९ बजे अस्पतालको आइसीयूमा प्रवेश गरी तोडफोड मच्चाउनुको साथै चिकित्सक तथा नर्समाथी आक्रमण गरेका थिए । ज्यान जोखिममा राखी उपचारमा सग्लग्न स्वास्थ्यकर्मीमाथी भएको आक्रमणको चौतर्फी निन्दा भएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *