कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि भेरी अस्पतालका चिकित्सकमाथि सांघातिक आक्रमण

आक्रमणपछि आकस्मिक बैठक बस्दै भेरी अस्पतालका स्वास्थ्सयकर्मीहरु ः लक्ष्मी केसीको फेसबुकबाट

काठमाडौँ, १४ जेठ । उपचारका क्रममा कोरोना संक्रमित एक जना बिरामीको ज्यान गएपछि भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि सांघातिक आक्रमण भएको छ ।

मृतकका आफन्त भन्दै जवरजस्ती छिरेका ८ १० जनाको समूहले अस्पतालमा तोडफोड मच्चाउँदै उपचारमा खटिएका खटिएका चिकित्सक तथा नर्समाथि आक्रमण गरेका हुन् । चिकित्सकहरु तथा नर्सहरुले ज्यान जोगाउन अस्पतालको एक तल्लामाथिबाट हाम फाल्नु परेको बताइएको छ ।

घटना गयराती साढे ९ बजे तिरको हो । दाङबाट रिफर भई आएका एक जना बिरामीको गम्भीर अवस्थामा उपचार भइरहेको थियो । उनको उपचार क्रममा गएराती निधन भएको थियो ।

 

अस्पतालका चिकित्सक डा दिपक गुप्ताका अनुसार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट हामफालेका हुन्।

अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्युभएपछि उनका आफन्त आक्रोशित हुँदै स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था आएको बताए गुप्ताले बताए।

ड्युटीमै रहँदा आक्रमण हुन लागेपछि अस्पतालका डा चन्द्र प्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठले ज्यान जोगाउनका लागि अस्पतालको एकतला माथिबाट हामफालेको डा गुप्ताको भनाइ छ।

मृतकका आफन्तले वार्डभित्रै प्रवेश गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रम गरेपछि अस्पतालमा तनाव सिर्जना भएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी सहितको टोली अस्पतालमा पुगेर छलफल भइरहेको डा गुप्ताले जानकारी दिए।

अहिले स्थानीय प्रशासनले अवस्थालाई सहज बनाउने प्रयास गरिरहेको छ । चिकित्सक तथा नर्सहरु सुरक्षाको पूर्ण प्रत्याभूति र दोषीमाथि कारवाही गर्न माग गर्दै विरोधमा उत्रिएका छन् ।

कोरोनाको पहिलो र दोस्रो लहमा समेत हटस्पट बनेको नेपालगञ्जलाई सम्हाल्ने काम भेरी अस्पतालले गरेको थियो । सो अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि देशभरबाट उनीहरुको पक्षमा र दोषीमाथि कारवाहीको माग गर्दै आवाज उठेको छ ।

अहिले विहान पनि अस्पताल प्रशासन, स्थानीय प्रशासन, चिकित्सक संघ बाँके, नर्सिङ संघ बाँके र स्थानीय जनप्रतिनिधिहरुबीच छलफल भइरहेको बुझिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *