पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोना संक्रमण, ७२२६ जना डिस्चार्ज

काठमाडौँ, १३ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ६ हजार ९३९ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संंख्या ७ हजार २२६ रहेको छ । त्यसैगरी आज थप १०६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको विवरण अनुसार चौविस घण्टामा २० हजार ११४ जनाको पीसीआर र ५७८ जनाको एन्टीजेन विधिबाट गरी कुल २० हजार ९९२ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ६ हजार ९३९ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

यो संगै देशभर कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । यसमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको छ ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ६ सय ४५ जना र भेन्टीलेटरमा ४५७ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *