खोपको विषयमा राष्ट्रपति भण्डारीको सक्रियता : भारतीय समकक्षीलाई पत्राचार, चिनियाँ समकक्षीसंग टेलिफोन बार्ता

काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोभिडबिरुद्धको खोप अभावको विषयमा चासो लिएकी छन् । उनले कोभिडबिरुद्धको खोपका लागि सहजीकरण गरिदिन भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गरेकी छन् । त्यसलगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन बार्ता गरेकी छन् ।

भारतीय समकक्षीलाई लेखिएको पत्रमा नेपालले खरीद सम्झौँता गरी पाउनुपर्ने १० लाख डोज कोभिसिल्ड खोप बारे र थप डोज खरीदका लागि सहजीकरण गरिदिन भनिएको छ । नेपालमा कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ बर्ष माथिका नौ लाख बढी व्यक्तिले सो खोपको अभावमा दोस्रो डोज लगाउन पाएका छैनन् ।

यस्तै राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी संगको टेलिफोन बार्तामा नेपालमा कोरोना संक्रमणको अवस्था र खोपको आवश्यकताबारेमा चर्चा गरेकी थिइन । उनले चिनिया खोप उपलव्धताका लागि हजीकरण गरिदिन समेत समकक्षी सि समक्ष अनुरोध गरेकी छन् । जवाफमा राष्ट्रपतिले नेपाललाई सहयोग गर्ने सम्वन्धमा आफूहरु सकारात्मक रहेको बताएका थिए ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टिका ढकालले खोपको विषयमा भारत र चीनसंग कुरा अघि बढाइएको बताए । ‘भारतीय समकक्षीलाई पत्राचार गरिएको छ । हामीले केही पैसा तिरेकै खोप पनि पाएका छैनौँ । थप खोप खरीद गरेरै ल्याउन चाहेका हौं । यसैमा केन्द्रीय रहेर भारतीय राष्ट्रपति ज्यूलाई परराष्ट्र मार्फत पत्र पठाउनु भएको छ । त्यसपछि चिनियाँ राष्ट्रपति सी संग कुराकानी भएको छ,’ सञ्चारविज्ञ ढकालले भने ।

उनले चिनियाँ राष्ट्रपति सी संग करीब ४० मिनेट कुराकानी भएको बताए । ‘दुई देशबीचको आपसी हितका विषयमा कुराकानी हुने नै भै हाल्यो । यसपटक प्राथमिकता त खोपकै थियो । त्यहि विषयमा कुराकानी भयो । जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहीआएको र नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग बुझ्ने बताउनु भएको छ,’ उनले भने ।

नेपाललाई यसअघि भारतले १० लाख डोज सरकारलाई र भारतीय सेनाले थप एक लाख डोज नेपाली सेनालाई अनुदान स्वरुप कोभिसिल्ड खोप दिएको थियो । चीनले ८ लाख डोज भेरोसेल दिएको छ ।

पछि भारतबाट प्रति डोज ४ डलरमा खरीद सम्झौँता गरेको कोभिसिल्ड खोपको २० लाख डोजमध्ये १० लाख आइपूगेपनि थप १० लाख डोज खोप आउन बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *