आज देशभर कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढी

काठमाडौँ, १२ जेठ ।  पछिल्लो चौविस घण्टामा कोरोना संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढी भएको छ । संक्रमित भन्दा डिस्चार्ज हुनेको सख्या बढी देखिएको तीन साता यता कै पहिलो हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभर थप ६ हजार ७१४ जना कोरोना संक्रमण देखिएको बताए । उनले १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टीजीन विधिबाट परीक्षण गर्दा क्रमश ६ हजार ६७७ जना र ३७ जना पीसीआर र एन्टीजेनबाट पोजेटिभ देखिएको बताए ।

उनले यही अवधीमा ६ हजार ७१६ जना कोरोना मुक्त भएको जानकारी दिए । यस्तै यहि अवधीमा १४५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो साता यता मृत्युदरमा पनि आज कमी हो ।

डा अधिकारीका अनुसार देशभर सक्रीय संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना रहेको छ । त्यसमा संस्थागत आइसोलेसनमा ८ हजार ४५७ जना छन् । होम आइसोलेसनमा रहने संक्रमितको संख्या १ लाख ८ हजार ६२० रहेको छ ।

काठमाडौँ  उपत्यकामा पनि घट्यो संक्रमण
यसैबीच काठमाडौँ उपत्यकामा पनि पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणको केश घटेको छ । डा. अधिकारीका अनुसार उपत्यकाका तीन जिल्ला मध्ये भक्तपुरमा ११३ जना, ललितपुरमा २४१ जना र काठमाडौँमा १ हजार १३४ जना गरी कुल १ हजार ४९३ जनामा संक्रमण देखिएको हो । हिजो उपत्यकामा २ हजार ६१३ जनामा संक्रमण थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *