अक्सिजन भरेर लगिएका सिलिन्डर उद्योगमा फर्किएन, ‘सप्लाई चेन’मा अप्ठेरो पर्ने चेतावनी

काठमाडौँ, १२ जेठ । दुई साता अघि कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदे आएको अक्सिजन अस्पतालहरुमा निकै अभाव भयो । सुरुमा अक्सिजन सिलिन्डरको कमी देखियो । जव सिलिन्डर थपिन थाले भर्नलाई समस्या हुन थाल्यो ।  जसो तसो त्यो पनि अहिले यतिवेला समाधान हुन थालेको छ । तर फेरी अहिले बजारमा अक्सिजनको अभाव हुने संकेत देखिएको छ ।

अक्सिजन उद्योगहरुले भरेर पठाएका सिलिन्डरहरु निकै कम मात्रामा फर्किन थालेका छन् । अक्सिजन उद्योगहरुले सिलिन्डरको रोटेसन नहुँदा पुन: अक्सिजन सप्लाइमा समस्या हुनसक्ने चेतावनी दिएका छन् ।

उद्योगको चेतावनीपछि स्वास्थ्य मन्त्रालयले सिलिन्डहरु देशका दूरदराजमा वा व्यक्तिका घर घरमा थन्किएर रहेको हुनसक्ने भन्दै त्यसो नगर्न नगराउन सम्वन्धीत व्यक्ति तथा संस्थाहरुलाई अनुरोध गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले त्यसरी घर घरमा वा दूरदराजमा लगेर थन्काइए अक्सिजन सप्लाइन नै गोलमाल हुने भन्दै त्यसको असर अस्पतालको सघन उपचाररत संक्रमित पर्न जाने बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने, ‘अक्सिजन उद्योगहरुले जुन दरमा भरेर दिए पुन भर्नका लागिआउनु पर्ने सिलिन्डरहरु आएनन् । यसले सप्लाई चेनमा अप्टेरो पर्न थाल्यो । सामान्य त यो बेला दुई तीन दिनमा सिलिन्डर फर्किनुपर्ने हो । तर सात आठ दिनमा पनि फर्किएको रहेनछ । यसले फेरी सिलिन्डर अभाव देखिने भयो ।’

पछिल्लो समय विभिन्न संघ संस्थाले राहतका नाममा सिलिन्डरहरु गाँउ गाँउमा पठाएको र त्यो फिर्ता भएर नआउने क्रम बढेको छ । यस्तै कतिपय व्यक्तिहरुले पछिलाई आवश्यक पर्न सक्छ भनेर भरिएका सिलिन्डरहरु घरमा लगेर थन्काउने गरेका छन् ।

सरकारले भने चीन, ओमान, सिंगापुर, स्पेन लगायतका देशबाट पाँच हजार बढी अक्सिजन सिलिन्डर ल्याएको छ । उता निजी क्षेत्रले पनि १८ हजार बढी सिलिन्डर देशमा भित्र्याएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *