पछिल्लो २४ घण्टामा थपिए ७९१४ जना कोरोना संक्रमित, ७६६४ जना संक्रमणमुक्त

काठमाडौँ, ९ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ७ हजार ९१४ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संंख्या भने ७ हजार ६६४ रहेको छ । त्यसैगरी आज थप १९३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार चौविस घण्टामा १८ हजार ९६५ जनाको पीसीआर र ९३१ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण भएको छ । सो परीक्षणबाट कुल ७ हजार ९१४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ७ सय २१ जना र भेन्टीलेटरमा ४८४ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *