बुधबार देशभर ८१७३ जना कोरोना संक्रमित थपिए, ७९८९ जना निको भए

 

काठमाडौँ, ५ जेठ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर थप ८ हजार १७३ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ७ हजार ९८९ जना निको भई डिस्चार्ज भएका छन् । एकै दिन निको हुनेको संख्या अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका बिभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट र एन्टीजेन नमुना परीक्षण गर्दा थप ८ हजार १७३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज थप २४६ जना संक्रमितको मृत्यु भएको छ । हिजो १९६ जनाको मृत्यु भएको थियो। यो संगै नेपलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *