काठमाडौँ उपत्यकामा थपिए २६०९ जना कोरोना संक्रमित

काठमाडौँ, २ जेठ। आइतबार काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जना गरी थप २ हजार ६ सय ९ जना थपिएका हुन्।

त्यसैगरी आज देशभर थप ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् । एकै दिन संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै हो ।

त्यसैगरी आज थप १४५ जना संक्रमितको मृत्यु भएको छ । हिजो १८७ जनाको मृत्यु भएको थियो। यो संगै नेपलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ९९८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *