उपत्यकामा थपिए ३५६२ जना कोरोना संक्रमित


काठमाडौँ, ३० बैशाख । बुधबार काठमाडौँ उपत्यकामा थप ३ हजार ५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २ हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना गरी थप ३ हजार ५ सय ६२ जना थपिएका हुन् । हिजोको तुलनामा उपत्यकामा आज ३६२ ले संक्रमण कम देखिएको छ ।

त्यसैगरी आज देशभर थप ८ हजार ९६० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५ हजार ५५ जना भने निको भई घर फिर्किएका छन् । थप २१४ जना संक्रमितको मृत्यु भएको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ३८१ र भेन्टीलेटरमा ३८० जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *