शनिबारसम्ममा ओमानबाट ६०० वटा अक्सिजन सिलन्डर आउँदै, त्यसपछि हरेक दिन चीनबाट ल्याइने

काठमाडौँ, ३० बैशाख । अस्पतालहरुमा अक्सिजन अभाव भइरहेका बेला ओमानबाट ६ सय थान अक्सिजन सिलिन्डर आउने भएको छ ।

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान भर्ने तयारी गरेको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलका अनुसार ओमनबाट फर्केर सोहीदिन साँझ नेपाल एयरलाइन्स चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन जाने तयारीमा छ ।

त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी भएको पौडेलले जानकारी दिए ।

अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको समेत उनले बताए ।

यसअघि निगमको जहाजले मंगलबार बेइजिङबाट ४०० अक्सिजन सिलिन्डर, १६० वटा अक्सिजन कन्सन्टेटर र १० थान भेन्टिलेट ल्याएको थियो ।

उक्त सामग्रीहरु उपत्यकाका विभिन्न अस्पताल र मोफसलका अस्पतालहरुमा वितरण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *