कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु, थपिए ९४८३ जना संक्रमित

काठमाडौँ, २८ बैशाख । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डरलाग्दो रुपमा बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २२५ जनाको ज्यान गएको छ । त्यसो त संक्रमण दर पनि अहिलेसम्मकै बढी हो । आज देशभर एकै दिन ९ हजार ४८३ जनामा संक्रमण भएको छ ।

एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै बढी हो । हिजो १३९ जनाको निधन भएको थियो । त्यसैगरी थप ५ हजार २२५ जना भने निको भई घर फिर्किएका छन् । निको हुनेको संख्या पनि अहिलेम्मकै सबैभन्दा बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको विवरण अनुसार देशभरका बिभिन्न प्रयोगशालामा २१ हजार ३१६ जनाको पीसीआर र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९ हजार ४८३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । क्वारेनटीनमा ४४८ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ८४ र भेन्टीलेटरमा २९० जना उपचाररत छन् ।

आजको संख्या सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ र निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
त्यस्तै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको छ ।

नेपालमा हालसम्म कुल २६ लाख ७२ हजार ७२६ पीसीआर परीक्षण गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *