काठमाडौँ उपत्यकामा शनिबार थप ३११३ जनामा कोरोना संक्रमण, ११ जनाको ज्यान गयो

काठमाडौँ, २५ बैशाख । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ११३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनमा भन्दा ९९३ जनाले कम हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा उपत्यकाको तीन जिल्लामध्ये काठमाडौँमा २ हजार २७० जना, ललितपुरमा ४६२ जना र भक्तपुरमा ३८१ जना गरी कुल ३ हजार ११३ जनामा संक्रमण देखिएको हो ।

यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ३६.९८ प्रतिशत हो । आज देशभर ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

पछिल्लो तीन दिन यता काठमाडौँ उपत्यकाको संक्रमण घट्दो क्रममा छ । देशभरको संक्रमण र उपत्यकाको संक्रमणदरमा पनि कमी देखिएको छ ।

यसले उपत्यकामा लकडाउनको सकारात्मक प्रभाव परयो भनेर भन्न सकिन्छ ।

यसैगरी मन्त्रालयले पछिल्लो चौविस घण्टामा काठमाडाँै उपत्यकामा ११ जनाको ज्यान गएको बताएको छ । त्यसमा काठमाडौँमा ६ जना भक्तप्ुरमा ४ जना र ललितपुरमा १ जनाको ज्यान गएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *