शनिबार थपिए ८४१८जना कोरोना संक्रमित, ५३ जनाको मृत्यु

काठमाडौँ, २५ बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर थप ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५३ जना संक्रमितको निधन भएको छ । हिजो ५० जनाको निधन भएको थियो । त्यसैगरी थप ३ हजार ३७० जना भने निको भई घर फिर्किएका छन् । अहिले निको हुने दर ७७.४ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १७ हजार ३ सय १५ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ३१ जना गरी थप ८ हजार ४१८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । क्वारेनटीनमा ३९८ जना छन् । त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *