पछिल्लो २४ घण्टामा थप ८०४ जना बालबालिकामा कोरोना संक्रमण


काठमाडौँ, २४ बैशाख । नेपालमा पछिल्लो चौबिस घण्टामा थप ८ सय ४ बालबालिकामा कोरोना भाइरस (कोभिड – १९)संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विवरण अनुसार ० देखि ९ वर्ष उमेर समूहका २०४ जना र १० देखि १९ वर्ष उमेर समूहका ६ सय जना बालबालिका रहेका छन् ।

आज सबैभन्दा बढी भने ३० देखि ३९ वर्ष उमेरका २ हजार २५० जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै २० देखि २९ वर्षका २ हजार १५१, ४० देखि ४९ वर्षका १ हजार ५७३ जना , ५० देखि ५९ वर्षका १ हजार १९९, ६० देखि ६९ वर्षका ६३२ जना , ७० देखि ७९ वर्षका २६७, ८० देखि ८९ वर्षका ८१ जना , ९० देखि १०० वर्षका १८ जना र अज्ञात ४८ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यसैगरी देशभरका प्रयोगशालाबाट १९ हजार ९ सय ८७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ९ हजार २३ जना र ४९५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ७३ जना गरी थप ९ हजार १९६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यही अवधीमा २ हजार ९०५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भने थप ५० जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *