काठमाडौँ उपत्यकामा मात्रै थपिए ३ हजार ८९३ जना कोरोना संक्रमित


काठमाडौँ, २१ बैशाख । मंगलबार काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ८९३जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै बढी हो । हिजो पनि उपत्यकामा  सबैभन्दा बढी ३ हजार ६६६ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार काठमाडौँमा २ हजार ७७९, ललितपुरमा ६०१ र भक्तपुरमा ५१३ गरी थप ३ हजार ८९३ जना थपिएका हुन् ।

त्यसैगरी बितेको चौबिस घण्टामा देशभर थप ७ हजार ६ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५५ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमण सुरुभए यताकै सबैभन्दा बढी हो । त्यसैगरी थप १ हजार ७७५ जना भने निको भई घर फिर्किएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ । क्वारेनटीनमा २५३ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६१६ र भेन्टीलेटरमा १७९जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *