पछिल्लो २४ घण्टामा ३० देखि ३९ वर्षका १८७१ जनामा कोरोना संक्रमण


काठमाडौँ, २० बैशाख । बितेको चौबिस घण्टामा कोरोना संक्रमण पुष्टी भएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका थप १ हजार ८७१ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार कुल ७ हजार ४ सय ४८ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्ति १ हजार ८७१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी ० देखि ९ वर्षका १५६ जना, १० देखि १९ वर्षका ४२९, २० देखि २९ वर्षका १ हजार ६८८, ४० देखि ४९ वर्षका १ हजार ३६९ जना , ५० देखि ५९ वर्षका ९८८ जना, ६० देखि ६९ वर्षका ५२२, ७० देखि ७९ वर्षका २२०, ८० देखि ८९ वर्षका ७९ जना ९० देखि १०० वर्षका ९ जना र अज्ञात ४७ रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *