कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भिर, प्लाज्मा थेरापीबाट उपचार थालियो

काठमाडौँ, १७ बैशाख । कोरोना संक्रमण पछि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्व रानी कोमल शाहको  स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई अहिले हाइ फ्लो अक्सिजन दिइएको छ ।

भारतको कुम्भमेलामा स्नान गर्न पुगेर स्वदेश फर्केपछि पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई गत ७ बैशाखमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य समस्या देखिन थालेपछि ११ बैशाखमा पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल र उनीहरुकी छोरी प्रेरणा नर्भिक अस्पताल भर्ना भएका थिए ।

‘अस्पताल पुगेपछि शाह दम्पत्तीले सामान्य रुपमा अक्सिजन लिनु परेको थियो । तर बुधबारबाट अक्सिजन लेभलमा थप समस्या पैदा भयो ।
पूर्वराजाको अवस्था भने अहिले पनि स्थिर नै छ । उनलाई थप समस्या देखिएको छैन् । छोरी प्रेरणाको स्वास्थ्य अवस्था भने सुधारोन्मुख देखिएको अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *