सबै भन्दा बढी संक्रमित २० देखि २९ वर्ष उमेरका

- नेपाली हेल्थ

काठमाडौँ, १६ बैशाख । बितेको चौबिस घण्टामा कोरोना संक्रमण पुष्टी भएका कुल संक्रमितमध्ये २० देखि २९ वर्षका थप १ हजार २६७ जनाा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो चार दिन यता सबैभन्दा धेरै २० देखि २९ वर्षका बढी संक्रमित भएका छन् । हिजो पनि १ हजार १२६ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको विवरण अनुसार कुल ४ हजार ९ सय २८ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्ति १ हजार २६७जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी ० देखि ९ वर्षका ८९ जना, १० देखि १९ वर्षका २९५, ३० देखि ३९ वर्षका १ हजार २६०, ४० देखि ४९ वर्षका ५७४, ५० देखि ५९ वर्षका ५५२ जना गरी थप सो भन्दा माथि उमेरका रहेका छन् ।

त्यसैगरी आज थप ३५ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । भने ८ सय ८८ जना निको भई डिस्चार्ज भएका छन् ।


Facebook Comment


थप समाचार