भेरीका लागि अक्सिजन कन्सनट्रेटर सहितका स्वास्थ्य सामग्री पठाइयो

244
Shares

काठमाडौँ, १४ बैशाख । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले भेरी अस्पतालका लागि अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री पठाएको छ । कोरोनाको हटस्पट बनेको नेपालगञ्जको भेरी अस्पतालमा बिरामीको चाप निकै बढेको छ ।

शाखाका स्टोरकिपर केदारनाथ उप्रेतीले सोमबार भेरी अस्पतालका लागि ५ वटा अक्सिजन कन्सनट्रेटर मेसीन, हाइपोनेजल क्यानुला, मास्क पीपीई गाउन, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री पठाएको बताए ।

उनले भने, ‘भेरी अस्पतालका लागि १० हजार थान सर्जिकल मास्क, २ हजार ५ सय थान पीपीई गाउन, ५०० एमएलका ४० बोतल र अरु थप २० लिटर पनि पठाइएको छ ।’

उप्रेतीले एन -९५ मास्क ५०० प्रति, पञ्जा २००० जोडी, चस्मा ६००, इन्फाइराइड थर्मोमिटर २० थान र भुई सफा गर्ने साइनेक्स २०० लिटर पठाएको बताए ।

बिरामीको अत्यधिक चाप देखिएपछि अहिले त्यहाँ आवश्यक स्वास्थ्य सामग्री र थप जनशक्तिको व्यवस्थापन मिलाउने कार्य भइरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *