चौबिस घण्टामा २० देखि २९ वर्षका ८६३ जनामा कोरोना संक्रमण


काठमाडौँ, १३ बैशाख । बितेको चौबिस घण्टामा कोरोना संक्रमण पुष्टी भएका कुल संक्रमितमध्ये २० देखि २९ वर्षका थप ८६३ जनाा कोरोना संक्रमित भेटिएका छन् । हिजो पनि सबैभन्दा धेरै २० देखि २९ वर्षका ७९५ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शोमबार जारी गरेको विवरण अनुसार कुल ३ हजार ५ सय ५६ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्ति ८६३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी ० देखि ९ वर्षका ६३ जना, १० देखि १९ वर्षका २७३, ३० देखि ३९ वर्षका ८५०, ४० देखि ४९ वर्षका ६०७ जना गरी थप सो भन्दा माथि उमेरका रहेका छन् ।

त्यसैगरी आज थप १२ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय ७८ जना निको भई डिस्चार्ज भएका छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २६८ र भेन्टीलेटरमा ७८ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *