शोमबार देशभर थपिए ३५५६ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौँ, १३ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । सोही अवधिमा थप १२ जना संक्रमितको मृत्यु भएको छ । ३ सय ७८ जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९१.५ प्रतिशत पुगेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना गरी १ हजार ९ सय १२ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शोमबार जारी गरेको विवरण अनुसार १२ हजार ४ सय जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा ३ हजार ४४२ जना र ८ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा जना  १ सय १४ जना गरी थप ३ हजार ५ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ पुगेको छ । क्वारेनटीनमा ६५जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २६८ र भेन्टीलेटरमा ७८ जना उपचाररत छन् । आजको १२ जना सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *