नेपाललाई ट्रान्जिट मात्र बनाउने विदेशी नागरिकको पिसिआर नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, १२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा पिसिआर परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न देशभरका सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै देशभरका सबै प्रयोगशालाहरुलाई कोभिड-१९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड-१९ को परीक्षणका व्यवस्था गर्दा नेपाली नागरिक, कूटनीतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशन विपतिर कुनै पनि ट्रान्जिट बनाउने गरी आएका व्यक्तिहरुको परीक्षण गर्ने गराउने गरेको पाइएमा नियमअनुसार कारवाहि गरिने समेत जनाएको छ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



