कोरोनाबिरुद्धको पहिलो डोज खोप लगाउने काठमाडौँको तालिकामा हेरफेर, भोलि तीन ठाँउमा मात्रै भेरोसेल लगाइदै

काठमाडौँ, ११ बैशाख । स्वास्थ्य कार्यालय काठमाडौँले कोभिडबिरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने तालिकामा हेरफेर गरेको छ । हेरफेर भएको तालिका अनुसार अब भोलि काठमाडौँ जिल्लाको तीन स्थानबाट मात्रै भेरोसेल खोप लगाइदैछ । बाँकी चार स्थानमा पर्सी देखि शुरु हुने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

नयाँ तालिका अनुसार भोलि (आइतबार) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मात्रै भेरोसेल दिइनेछ । यसअघि भनिएका हिमाल अस्पताल ज्ञानेश्वर, नेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली र काठमाडौँ मेडिकल कलेज सिनामंगलमा पर्सी (सोमबार)बाट मात्रै शुरु गरिने भएको छ ।

‘पहिलो र दोस्रो डोज लगातार लगाई रहनु भएको रहेछ । केही अस्पतालले भोलि एक दिन आराम गर्नु पर्ने भन्ने माग गर्नुभयो । अहिले राती निर्णय भयो । त्यसैले पहिलो डोज अर्थात भेरोसेल खोप लिन खोज्नुभएकाहरुले तोकिएको स्थानमा गएर खोप लिनुहोला,’ काठमाडौँका स्वास्थ्य प्रमुख खड्काले भने ।

उनले दोस्रो डोज खोप कोभिसिल्ड भने वीर अस्पताल महावौद्य, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट भोलि र पर्सी लगाइने निर्णय भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *