काठमाण्डौँ रेर्जस एफसीको मेडिकल पार्टनर स्टार अस्पताल

काठमाडौँ, १० बैशाख । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग अन्तर्गत काठमाण्डौँ रेर्जस एफसीको अफिसियल मेडिकल पार्टनरको रुपमा स्टार अस्पताल अनुबन्धित भएको छ । शुक्रबार एक कार्यक्रमका बीच मेडिकल पार्टनरको सम्झौँता भएको हो ।

सम्झौँता पत्रमा काठमाडौँ रेर्जस एफसीको तर्फबाट अध्यक्ष विज्ञान शर्मा तथा व्यवस्थापक मधुसुदन उपाध्याय र स्टार अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. शैल रुपाखेती तथा सीओओ डा. सन्देश जिसीले हस्ताक्षर गरेका छन् ।

सम्झौँतामा अस्पतालले काठमाण्डौँ रेर्जस एफसीका कुनै पनि खेलाडी तथा व्यवस्थापनमा खटिने व्यक्तिको स्वास्थ्य उपचारसम्वन्धि जिम्मा लिनेछ ।
फुटवल प्रतियोगिता यहि ११ बेशाख देखि शुरु हुँदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *