पछिल्लो २४ घण्टामा थपिए २५५९ जना कोरोना संक्रमित, ४१० डिस्चार्ज

काठमाडौँ, १० बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । सोही अवधिमा थप पाँच जनाको मृत्यु भएको छ । भने ४ सय १० जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९३.९ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार जारी गरेको विवरण अनुसार ८ हजार ७ सय ९८ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार ४ सय ४९ जना र ८ सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय १० जना गरी थप २ हजार ५ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७६०, ललितपुरमा १०६ र भक्तपुरमा ७४ जना गरी ९४० जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ पुगेको छ । क्वारेनटीनमा ७५जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १७३ र भेन्टीलेटरमा ५७ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *