भेरी अस्पतालमा ३५० नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण


काठमाडौँ, ९ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा बितेको चौबिस घण्टामा थप २०४ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा २०४ जना अर्थात ५८.२८ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालका अनुसार बाँके जिल्काका मात्र १५४, बर्दियामा २६ र श्री मिलिटरी अस्पतालबाट संकलित ८ नमुना पोजेटिभ देखिएका छन् । संक्रमितको औसत उमेर ३४.४४ वर्ष रहेको छ, जसमा न्यूनतम २ वर्षदेखि अधिकतम ८१ वर्षसम्मका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *