कोरोना संक्रमणमा परेका पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल सेल्फ आइसोलेसनमा

572
Shares

काठमाडौँ, ७ बैशाख । कोरोना संक्रमणमा परेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह आफ्नै निवासमा सेल्फ आइसोलेसनमा बसेका छन् । गत आइतबार भारतबाट फर्केपछि कोरोना परीक्षण गराएका उनीहरुको रिपोर्ट आज विहान मात्रै आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि उनीहरु निवासमै सेल्फ आइसोलेसनमा बसेका हुन् ।

पूर्वराजाका स्वविय सचिव फनिराज पाठकले पूर्वराजा रानीलाई कोभिड पोजेटिभ भएको पुष्टि गर्दै दुबै जना निर्मल निवासमा सेल्फ आइसोलेट भएर बसेको बताए ।

भारतको हरिद्वारमा कुम्भ मेलाको स्नानमा सरिक भएका शाह दम्पती आइतबार स्वदेश फर्किएका थिए । फर्किए लगत्तै उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

कुभ्म मेलामा सहभागी भएका भारतमा धेरै गुरुहरु समेत संक्रमणमा परेको खबर सार्वजनिक भइसकेको थियो । पूर्व राजा त्यहाँ सहभागी हुँदा संक्रमणको डर रहेको भन्दै उनका निकटस्थहरुले चिन्ता व्यक्त गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *