कोरोना संक्रमणमा परेका पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल सेल्फ आइसोलेसनमा

काठमाडौँ, ७ बैशाख । कोरोना संक्रमणमा परेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह आफ्नै निवासमा सेल्फ आइसोलेसनमा बसेका छन् । गत आइतबार भारतबाट फर्केपछि कोरोना परीक्षण गराएका उनीहरुको रिपोर्ट आज विहान मात्रै आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि उनीहरु निवासमै सेल्फ आइसोलेसनमा बसेका हुन् ।

पूर्वराजाका स्वविय सचिव फनिराज पाठकले पूर्वराजा रानीलाई कोभिड पोजेटिभ भएको पुष्टि गर्दै दुबै जना निर्मल निवासमा सेल्फ आइसोलेट भएर बसेको बताए ।

भारतको हरिद्वारमा कुम्भ मेलाको स्नानमा सरिक भएका शाह दम्पती आइतबार स्वदेश फर्किएका थिए । फर्किए लगत्तै उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

कुभ्म मेलामा सहभागी भएका भारतमा धेरै गुरुहरु समेत संक्रमणमा परेको खबर सार्वजनिक भइसकेको थियो । पूर्व राजा त्यहाँ सहभागी हुँदा संक्रमणको डर रहेको भन्दै उनका निकटस्थहरुले चिन्ता व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *