पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टी


काठमाडौँ, ७ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा कुम्भ मेलाको स्नानमा सरिक भएका शाह दम्पती आइतबार स्वदेश फर्किएका थिए । फर्किए लगत्तै उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *