पछिल्लो चौविस घण्टामा देशभर थपिए ८४३ जना कोरोना संक्रमित

काठमाडौँ, ४ बैशाख । पछिल्लो चौविस घण्टामा नेपालमा थप ८४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

५ हजार ३३३ जनाको पीसीआर र ६७१ जना एन्टीजेन गरी कुल ६ हजार ४ जनाको परीक्षण गर्दा ७६८ जनामा पीसीआरबाट र ७५ जनाको एन्टीजीनबाट पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउको छ । शनिबार नै थप ५ जनाको मृत्यु भएको समेत मन्त्रालयले केहीबेर अघि जारी गरेको बुलेटिनमा उल्लेख छ । यहि अवधीमा कोरोना संक्रमणमा परी उपचार गराईरहेका २२६ जना भने निको भएर घर फर्केका छन् ।

मन्त्रालयले आजको संख्यासंगै देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ जना पुगेको जनाएको छ । अहिलेसम्म देशमा कुल पोजेटिभ संख्या भने २ लाख ८३ हजार ६५८ जना पुगेको छ । त्यसमा ३ हजार ७५ जनाको ज्यान गएको छ ।
कुन उमेर समूहका कति संक्रमित भए ?

मन्त्रालयका अनुसार आज पनि अधिकांश संक्रमितहरु ४० बर्ष मुनिका रहेका छन् । त्यसमा ९ बर्ष मुनिका १७ जना, १९ बर्ष मुनिका ८९ जना, २९ बर्ष भन्दा मुनिका २६४ जना रहेका छन् । यस्तै गरी ४० बर्ष मुनिका ४४९ जना रहेका छन् । आज ३० देखि ३९ बर्ष उमेर समूहका सबैभन्दा बढी १८५ जना रहेका छन् ।

यस्तै ४० देखि ४९ बर्षका १३६ जना, ५० देखि ५९ बर्ष उमेरका १०० जना, ६० देखि ६९ बर्ष उमेरका ४९ जना, ७० देखि ७९ बर्ष उमेरका २९ जना र ८० देखि ८९ बर्ष उमेरका ४ जनामा संक्रमण देखिएको छ । १ जना उमेर भने थाह हुनसकेको छैन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण देखिदा नेपालमा पनि त्यसको असर देखिन थालेको विज्ञहरुले बताएका छन् । पछिल्ला दिनमा देखिएको संक्रमणले विज्ञहरुको कुरालाई बल पुरयाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *