स्टार अस्पतालमा १८ बर्ष माथिकालाई भेरोसेल खोप दिईंदै

712
Shares

ललितपुर, ४ बैशाख । सानेपास्थित स्टार अस्पतालले १८ बर्ष माथिका नागरिकलाई कोभिडबिरुद्धको चिनियाँ खोप भेरोसेल खोप दिईरहेको जनाएको छ । अस्पतालका सूचना अधिकारी डा सन्देश जिसीले १८ देखि ५९ बर्ष उमेर समूहका सबै नागरिकलाई भेरोसेल खोप दिइएको बताए ।

हिजो देखि खोप अभियान चलाएको अस्पतालले आज र भोलि पनि खोप दिईने बताएको छ । ‘१८ बर्ष माथिका व्यक्तिले नागरिकता लिएर आएमा खोप पाउनेछन् । विहान ९ देखि अपरान्ह ३ बजेसम्म खोप दिइदै छ,’ डा जिसीले भने ।

सरकारले गत २५ चैत देखि चिनियाँ खोप भेरोसेल लगाउन सुरु गरेको हो । चीन सरकारको अनुदान सहयोगमा गत १६ चैतमा ८ लाख डोज खोप भेरोसेल नेपाल आएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *