स्टार अस्पतालमा १८ बर्ष माथिकालाई भेरोसेल खोप दिईंदै

ललितपुर, ४ बैशाख । सानेपास्थित स्टार अस्पतालले १८ बर्ष माथिका नागरिकलाई कोभिडबिरुद्धको चिनियाँ खोप भेरोसेल खोप दिईरहेको जनाएको छ । अस्पतालका सूचना अधिकारी डा सन्देश जिसीले १८ देखि ५९ बर्ष उमेर समूहका सबै नागरिकलाई भेरोसेल खोप दिइएको बताए ।

हिजो देखि खोप अभियान चलाएको अस्पतालले आज र भोलि पनि खोप दिईने बताएको छ । ‘१८ बर्ष माथिका व्यक्तिले नागरिकता लिएर आएमा खोप पाउनेछन् । विहान ९ देखि अपरान्ह ३ बजेसम्म खोप दिइदै छ,’ डा जिसीले भने ।

सरकारले गत २५ चैत देखि चिनियाँ खोप भेरोसेल लगाउन सुरु गरेको हो । चीन सरकारको अनुदान सहयोगमा गत १६ चैतमा ८ लाख डोज खोप भेरोसेल नेपाल आएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *