सरकारी छात्रबृत्तिमा विशेषज्ञ अध्ययन सम्पन्न गरेका चिकित्सकले प्राइभेट प्राक्टिस गर्न नपाउने

काठमाडौँ, २ बैशाख । अब देखि सरकारी छात्रबृत्तिमा विशेषज्ञ बनेका चिकित्सकहरुलाई प्राइभेट प्राक्टिस गर्न नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत ३१ चैतमा सचिवस्तरीय निर्णय गदै यस्तो व्यवस्था लागू गरेको हो । मन्त्रालयले प्राइभेट प्राक्टिसको सट्टा सरकारी अस्पतालमै एक्सटेन्डेड हेल्थ सर्भिस( इएचएस) अर्थात ‘पैइङ क्लिनिक’ सेवा सञ्चालन गर्न भनेको छ ।

यस्तै मन्त्रालयले विषेशज्ञ चिकित्सकहरुलाई अस्पतालको आवश्यकताको आधारमा फस्ट अनकल ड्युटि (इमरजेन्सी)मा सहभागी हुन समेत निर्देशन दिएको छ । यो व्यवस्था चिकित्साशास्त्र तर्फ सरकारी छात्रबृत्तिमा डीएम/ एमसीएच/ एमडी/एमएस/ एमडीएस अध्ययन पुरा गरेका चिकित्सकलाई लागू हुने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले यो सूचना पछि अब सरकारी छात्रबृत्तिमा विशेषज्ञ अध्ययन सम्पन्न गरेका चिकित्सकहरुले निजी प्राक्टिस गर्न नपाउने स्पष्ट जनाएको बताए । उनले बरु निजीमा प्राक्टिस गर्नुको सट्टा आफू कार्यरत अस्पतालमै एक्सटेन्डेड हेल्थ सर्भिस इएचएस लागू गर्न जोड दिएको बताए ।

मन्त्रालयले यो व्यवस्था सरकारी शिक्षण संस्थाहरुरमा चिकित्साशास्त्र छात्रबृत्ति छनौट, तथा छात्रबृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ लाई टेकेर लागू गरिएको समेत जनाएको छ ।

सूचना यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *