सरकार सकेसम्म बन्दाबन्दीको पक्षमा छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा आफू नरहेको बताए ।

प्रधानमन्त्री ओलीले युरोप अमेरिकाका कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको उल्लेख गर्दै नेपाल सरकार पनि जनताको जीवन रक्षाका आवश्यक कदम चाल्न सक्ने बताए ।

‘कतिपय कुराहरु नचाहदा नचाहँदै पनि गर्नुपर्ने हुनसक्छ । त्यो नागरिकको सुरक्षाका लागि चालिएको हो भनेर बुझ्नु पर्छ । त्यसैले हामीले स्वास्थ्यको अहिले देखि नै पूर्ण पालना गरौँ । बन्दा बन्दी गर्नुपने अवस्था नआउने बाताबरण बनाउन हामी सबै अग्रसर होऔँ,’ प्रधानमन्त्री ओलीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *