नेपालमा एक दिनमै थप ५५९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु


काठमाडौँ, ३० चैत ।पछिल्लो चौविस घण्टामा नेपामला थप ५५९ जना कोरोना संक्रमित फेला परेका छन् । त्यसमा ४९६ जना पीसीआर परीक्षणबाट र ६३ जना एन्टीजेन परीक्षणबाट कोरोना पुष्टि भएका हुन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १५९, ललितपुरमा ४४ र भक्तपुरमा ८ जना गरी २११ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ४ हजार ३७८ जनाको पीसीआर परीक्षण भएको थियो । ७२७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयले यहि अवधीमा थप ८ जनाले संक्रमणबाट ज्यान गएको पुष्टि गरेको छ । अझ उसले पछिल्लो चौविस घण्टामा रिपोर्ट प्राप्त भएको मृत्युको संख्या १३ जना भएको उल्लेख गरेको छ । सोमबार १३८ जना निको भएर घर फर्केका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ६ रहेको छ । क्वारेनटिनमा ८५ जना रहेका छन् । गएको चौबिस घण्टामा थप १ जना संक्रमितको मृत्यु भएके छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण र मृत्युदर निक्कै बढेको छ । नेपालमा पनि संक्रमण दर गत साता यता उकालो लाग्दैछ । विज्ञहरुले यहि अवस्था रहेमा केही साता भित्रै नेपालमा संक्रमणदर भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले अवस्था निकै गम्भीर भएको जनाउँदै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन आम सर्वसाधारणसंग आग्रह गरिरहेको छ । उनले सरकारलाई समेत स्वास्थ्यका मापदण्ड पूर्ण पालना गराउन आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *