चौविस घण्टामा थपिए २८८ जना कोरोना संक्रमित, १२७ डिस्चार्ज


काठमाडौँ, २७ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय ८८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा १ सय २७ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११७, भक्तपुरमा ३ र ललितपुरमा ९ जना गरी १२९ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ७१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर २ सय ८८ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६ सय १५ रहेको छ । क्वारेनटिनमा ८४ जना रहेका छन् । गएको चौबिस घण्टामा मृतकको संख्या सून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *